Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा पनि अखिल क्रान्तिकारीको जित

 पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा पनि अखिल क्रान्तिकारीको जित

जोईन खबर

६, चैत्र २०८१
  • 721
    SHARES
  •  पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा पनि अखिल क्रान्तिकारीको जित

    ६ चैत काठमाडौँ । त्रिभूवन विश्वविद्यालयभन्दा पहिले नै स्थापना भएको पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी विजयी भएको छ । ३० वर्षदेखिको नेपाल विद्यार्थी संघ नेविसंघको किल्ला भत्काउँदै सभापतिमा अखिल क्रान्तिकारीका मिलन घर्तीमगरले जितेका छन् । मिलनले कुल खसेको १२२८ मतमा ३९० मत प्राप्त गरे ।

    images

    उनका निकटतम प्रतिस्पर्धी नेपाल विद्यार्थी संघ ९नेविसंघ०का कृष्ण अर्यालले ३४२ मत प्राप्त गरेको निर्वाचन अधिकृत जीवनबहादुर थापाले जानकारी दिए ।सचिव पदमा भने नेपाल विद्यार्थी संघका सुशील बस्याल ५१७ मतका साथ विजयी भएका छन् । कोषाध्यक्षमा पनि नेविसंघकै मिस्मा राना ४१६ मतका साथ विजयी भएकी छिन् ।

    images
    images
    images

    सदस्यहरुमा नेविसंघकी आशिका विश्वकर्माले ३९०, ज्योति दर्लामीले ४२६, तोरण रास्कोटीले ३८७, नवीन थापा ३९८, बबिता थापाले ४०५, सुजल भटराईले ४५२ र अखिल क्रान्तिकारीकी इच्छा थापाले ३६० मत प्राप्त गरी विजयी  भएका छन् । यो क्याम्पसमा ३० वर्षसम्म नेपाल विद्यार्थी संघले नेतृत्व गर्दै आएको थियो ।

    प्रकाशित मिति :चैत्र ६, २०८१ बुधवार - १५:२१:२५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको