६ चैत काठमाडौँ । हिजो चैत ५ गते भएको त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन महाराजगञ्ज नर्सिङ क्याम्पसको स्ववियु सभापतिमा नेविसंघकी विन्दु पोखरेल एक मतले विजयी भएकी छन्। नेविसंघकी पोखरेलले अनेरास्ववियुकी बुढालाई १ मतले पछि पर्दै सभापतिमा जित हासिल गरेकी हुन् ।
जितेकी पोखरेलले २५९ मत ल्याउँदा अनेरास्ववियुकी बुढाले २५८ मत प्राप्त गरेको क्याम्पसको निर्वाचन आयोकले जानकारी दिए ।
त्यस्तै सचिवमा नेविसंघकै स्वस्तिका तिवारी, कोषाध्यक्षमा नेविसंघकै विनु भुर्तेल, सदस्यमा नेविसंघका रोजिका कार्की, सुदिप शाह, दुर्गा विष्ट, स्लेश्मा सुवेदी र अनेरास्ववियुका प्रिया प्रधान विजयी भए।