Logo

बिहिवार, कार्तिक १३ गते २०८३

ट्रकमा २५ करोड  नेपाली रुपैयाँ बोकेर काठमाडौँबाट बाहिरिदै गरेको खबर दिन सुराकीले ५  करोड पुुरस्कार पाउने

ट्रकमा २५ करोड  नेपाली रुपैयाँ बोकेर काठमाडौँबाट बाहिरिदै गरेको खबर दिन सुराकीले ५  करोड पुुरस्कार पाउने

जोईन खबर

६, चैत्र २०८१
  • 682
    SHARES
  • ट्रकमा २५ करोड  नेपाली रुपैयाँ बोकेर काठमाडौँबाट बाहिरिदै गरेको खबर दिन सुराकीले ५  करोड पुुरस्कार पाउने

    ६ चैत काठमाडौँ । टोलाको बाटो हुदै काठमाडौंबाट रसुवा जान लागेको ट्रकले करोडौँ नेपाली रुपैयाँ बराबरको युरो र डलर बोकेको सुराक पाएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी टोखा क्षेत्रमा खटिए ।चैत ४ मा मध्यराति डीएसपी अनिल घिमिरे नेतृत्वको टिमले झोर महांकालबाट ना।७ ख १६५२ नम्बरको ट्रकलाई नियन्त्रणमा लियो ।

    images

    ट्रक कुसाङ लामाले चलाएका थिए । उनी सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर–१ का स्थानीय हुन् । उनी ‘फुच्चे’ उपनामले चिनिन्छन् । ड्राइभर सिट ‘वोनट’ भन्दा माथि फल्स बटन बनाएर लुकाएको अवस्थामा २५ करोड १ लाख ६० हजार बराबरको विदेशी मुद्रा भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले बताए । अपराध अनुसन्धान कार्यालयमा पत्रकार सम्मेलन गरेर बस्नेतले भने, ‘युरो र डलर लुकाएर आरोपी रसुवाको केरुङ तर्फ जाँदै थिए ।

    images
    images
    images

    त्यसरी २५ करोड बरामद गर्न प्रहरीलाई सुराक दिने व्यक्तिले पुरस्कार पाउने व्यवस्था छ । विदेशी बिनियम ९नियमित गर्ने० ऐन,  २०१९ अनुसार खबर गर्नेले बिस प्रतिशत रकम पाउँछन् । ऐनमा भनिएको छ,  ‘पक्राउ भई आएको विदेशी मुद्रालाई नेपाली मुद्रामा परिणत गर्दा कायम हुन आएको बिगोको सयकडा बिस प्रतिशत त्यस्तो सुरका दिने व्यक्तिलाई इनाम दिइनेछ । ५ करोड नेपाली रुपैयाँ पाउने भएका छन् । सुराक दिनेको विवरण गोप्य राख्नुपर्ने कानुनी व्यवस्था छ । पुरस्कार रकम मुद्दा फैसला भएपछि मात्रै निकासा हुन्छ । 

    प्रकाशित मिति :चैत्र ६, २०८१ बुधवार - १६:५७:०६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको