Logo

बिहिवार, कार्तिक १३ गते २०८३

चितवनमा तिन मोटरसाइकल ठोक्किदा ७ जना घाइते

चितवनमा तिन मोटरसाइकल ठोक्किदा ७ जना घाइते

जोईन खबर

८, चैत्र २०८१
  • 580
    SHARES
  • चितवनमा तिन मोटरसाइकल ठोक्किदा ७ जना घाइते

    ८ चैत काठमाडौँ । चितवनको खैरहनी नगरपालिका वडा न –४ कंकाली टोलमा तीन वटा मोटरसाइकल आपसमा ठोक्किदा सात जना घाइते भएका छन् । आज कंकाली टोलको भित्री बाटोबाट आउँदै गरेको ना २ प ७४१ नम्बरको मोटरसाइकल र पिठुवाबाट गोठेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००३ प ३३७२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किई शिवालय चोकबाट वडा कार्यालय तर्फ जादै गरेको नम्बर प्लेट नभएको अन टेस्ट मोटरसाइकलसंग ठोक्किएको प्रहरी चौकी चैनपुरले जानकारी दिएको छ ।

    images

    दुर्घटनामा परी घाइते भएकाहरुको भरतपुरको एलाइभ अस्पतालमा उपचार भएको छ । घाइते हुनेहरुमा ना २ प ७४१ नम्बरको मोटरसाइकल चालक कालिका नगरपालिका–२ बस्ने वर्ष ६९ को उदय बहादुर बाँनिया, सोहि मोटरसाइकल पछाडि सवार खैरहनी–४ बस्ने वर्ष २८ की सरस्वती थिङ अधिकारी, उनको छोरा वर्ष ६ को सन्देश अधिकारी र देउरानीकी छोरी बर्ष ५ की सजिता अधिकारी रहेका छन् ।

    images
    images
    images

    त्यस्तै, बागमती प्रदेश ०३–००३ प ३३७२ नम्बरको मोटरसाइकल चालक रत्ननगर नगरपालिका–१५ बस्ने वर्ष ४० को देविन्द्र न्यौपाने र अन टेस्ट मोटरसाइकल चालक खैरहनी–४ बस्ने वर्ष ४६ को राजेन्द्र गिरि र सोहि मोटरसाइकल पछाडि सवार निजको छोरा वर्ष ६ को आयुष गिरी रहेका छन् । उनीहरुको उपचार भई रहेको  छ । 

    प्रकाशित मिति :चैत्र ८, २०८१ शुक्रवार - १३:५१:२५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको