Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बर्थ–डे कार्यक्रम र होली मित्रमिलन कार्यक्रममा वडाध्यक्षमाथि प्रहरीको समूहले आक्रमण 

बर्थ–डे कार्यक्रम र होली मित्रमिलन कार्यक्रममा वडाध्यक्षमाथि प्रहरीको समूहले आक्रमण 

जोईन खबर

८, चैत्र २०८१
  • 649
    SHARES
  • बर्थ–डे कार्यक्रम  र होली मित्रमिलन कार्यक्रममा वडाध्यक्षमाथि प्रहरीको समूहले आक्रमण 

    ८ चैत काठमाडौँ ।पर्सामा एकजना वडाध्यक्ष कुटिएका छन् । वीरगञ्ज महानरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि प्रहरीसहितको समूहले कुटपिट गरेको हो । घटना २९ फागुनको राति सवा ९ बजेतिरको हो ।वीरगञ्ज महानगरपालिका–८ स्थित डाइमण्ड पार्टी प्यालेसमा वडाध्यक्ष चतुर्वेदीमाथि आक्रमण भएको थियो । उक्त पार्टी प्यालेसका सञ्चालक समेत रहेका वीरेन्द्र पासवानका छोराको बर्थ–डे कार्यक्रम र होली मित्रमिलन कार्यक्रममा गएका बेला आक्रमण भएको वडाध्यक्ष चर्तुवेदीको भनाइ छ ।आफूमाथि ६र७ जनाको समूहले आक्रमण गरेको उनको भनाइ छ ।

    images

    सीसीटीभी फुटेजमा समेत आक्रमण भएको देखिन्छ । पार्टी प्यालेसमा खानपिन भएरहेका बेला एक समूह हो–हल्ला गर्दै वडाध्यक्षमाथि आक्रमणमा उत्रिएको दाबी गरिएको छ । सीसीटीभी फुटेजमा वडाध्यक्ष चतुर्वेदीसहित चार जना खानपानमा व्यस्त रहेको देखिन्छ ।त्यही समयमा निलो ज्याकेट लगाएका व्यक्ति उनीहरू भएको ठाउँ नजिक आइपुग्छन् । बसेर खाइरहेका चारमध्ये एक जना उठेर निलो ज्याकेट लगाएका व्यक्तिलाई बाहिर पठाउन खोजेको फुटेजमा देखिन्छ । फोनमा कुरा गर्दै आएका ती व्यक्ति बाहिर जान मान्दैनन् र भित्र पस्छन् ।

    images
    images
    images

    उनकै पछिपछि अरु व्यक्ति पनि आएको देखिन्छ ।यही मौकामा पार्टी प्यालेसको अर्को ढोकाबाट एक हुल मान्छे जबरजस्ती भित्र प्रवेश गरेको देखिन्छ । त्यही समूहले वडाध्यक्ष चतुर्वेदीमाथि आक्रमण गरेको फुटेजमा देखिन्छ । उक्त आक्रमण गर्ने समूहमा नेपाल प्रहरीका बहालवाला वरिष्ठ सईसमते रहेको आरोप छ । त्यहाँ दुई पक्षबीच अन्धाधुन्दा आक्रमण हुन्छ । आफूमाथि प्रहरीका वरिष्ठ सई समेतले आक्रमण गरेको भन्दै वडाध्यक्ष चर्तुवेदीले जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदन समेत दिएका छन् ।

    नेपाल प्रहरीका वरिष्ठ सई सागर शमशेर राणा, प्रहरी जवान दिपेश क्षेत्री, वीरगञ्ज–१० कै वडाध्यक्ष सुशील साह कानु, वीरगञ्ज–११ का ४२ वर्षीय भुषण यादव, वीरगञ्ज–३२ का भुसाल चौरसिया, वीरगञ्ज–६ का ३७ वर्षीय विक्की गुप्ता, वीरगञ्ज–१० का लखनलाल गुप्तासहितले आफूमाथि आक्रमण गरेको दाबी गर्दै उनले प्रहरीमा निवेदन दिएका छन् । ४ चैतमा उजुरी दिए पनि प्रहरीले अहिलेसम्म तदरुकता देखाएर कारबाही नगरेको उनको गुनासो छ । 

    प्रकाशित मिति :चैत्र ८, २०८१ शुक्रवार - १४:०८:४१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको