Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अमृत साइन्स क्याम्पस (अस्कल )मा शान्तीपूर्ण तरिकाले चुनाव हुदै (केहि तस्वीहरु)

अमृत साइन्स क्याम्पस (अस्कल )मा शान्तीपूर्ण तरिकाले चुनाव हुदै (केहि तस्वीहरु)

जोईन खबर

१०, चैत्र २०८१
  • 598
    SHARES
  • अमृत साइन्स क्याम्पस (अस्कल )मा शान्तीपूर्ण तरिकाले चुनाव हुदै (केहि तस्वीहरु)

    १० चैत काठमाडौँ । काठमाडौँ पिपलबोटमा रहेको  अमृत साइन्स क्याम्पस (अस्कल) मा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन शान्तीपूर्ण तरिकाले भई रहेको छ । चैत ५ गतेका लागि तोकिएको निर्वाचन स्थगित भएपछि आज सहमतिले  निर्वाचन हुन लागेको हो । आज बिहानदेखि नै सहज रूपमा मतदान सुरु भएको छ ।चैत ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचनमा अन्तिममा आएर स्थगित भएको थियो ।

    images

    अखिल क्रान्तिकारीले चैत ४ गते राति होस्टेलमा फर्जी विद्यार्थी बसिरहेको आरोप लगाउँदै तालाबन्दी गरेको थियो । जसले गर्दा स्ववियु निर्वाचन स्थगित भएको थियो । तत्काल स्ववियु निर्वाचन गराउनुपर्ने माग राख्दै अनेरास्ववियुले अदालतमा मुद्दा दायर गरेको थियो ।

    images
    images
    images

    अदालतले निर्वाचनका बाँकी प्रक्रिया तत्काल अघि बढाउन आदेश जारी गरेको थियो । त्यसपछि बसेको सर्वदलीय बैठकले आज चैत १० गतेका स्ववियु निर्वाचनको मिति तोकेको थियो । त्यसैले आज नियमबद्व तरिकाले होहल्ला नगरिकन आफनो आफनो संगठनका साथीहरुले मतदान गर्ने अनुरोध गरेका छन् । केही कसैलाई केही आरोप प्रतिआरोप लाउने प्रयास नभई सहज तरिका बाट चुनाव भई रहेको छ । चुनाव बिहान ८ बजे देखि सुरु भएको थियो । उक्त चुनाव बेलुका ४ बजे सम्म हुने  छ ।

    2.jpg900.jpg800.jpg600.jpg500.jpgUntitled.jpg

    प्रकाशित मिति :चैत्र १०, २०८१ आइतवार - १०:३२:१० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको