१० चैत काठमाडौँ । अन्तर व्यवस्थापिका संघ आईपीयूको १५० औँ महासभामा सहभागी हुन सभामुख देवराज घिमिरे उज्बेकिस्तान जाँदै छन् ।सभामुख घिमिरे नेतृत्वको ९ सदस्यीय टोली यही चैत २० गते त्यसतर्फ प्रस्थान गर्ने तय भएको छ । उक्त टोली आगामी वैशाख २ गते मात्र स्वदेश फर्किनेछ ।
दुई हप्ता लामो भ्रमण टोलीमा प्रमुख चार राजनीतिक दलबाट एक र एक जना सदस्य छन् । नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्य डा.अन्जान शाक्य, काँग्रेसबाट प्रमुख सचेतक श्याम घिमिरे, माओवादी केन्द्रबाट प्रतिनिधि सभा सदस्य सूर्यमान दोङ, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट सांसद सोविता गौतम सभामुखसँगै उज्बेकिस्तान जाने छन् ।
संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय, प्रतिनिधिसभा सचिव हर्क राई, अन्तर्राष्ट्रिय सम्बन्ध शाखाका उपसचिव राजु रिमाल र सभामुखका स्वकीय सचिव तेजप्रकाश भट्टराई पनि टोलीमा हुनेछन् ।