Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखाको कल्लेरीमा करेन्ट लागेर २७ बर्षीय युवकको मृत्यु 

गोरखाको कल्लेरीमा करेन्ट लागेर २७ बर्षीय युवकको मृत्यु 

जोईन खबर

१०, चैत्र २०८१
  • 673
    SHARES
  • गोरखाको कल्लेरीमा करेन्ट लागेर २७ बर्षीय युवकको मृत्यु 

    १० चैत काठमाडौँ । गोरखामा करेन्ट लागेर मृत्यु एक युवकको मृत्यु भएको छ । घटनामा मृत्यु हुनेमा आरुघाट गाउँपालिका वडा न –६ कल्लेरीका २७ वर्षीय हरि विकको मृत्यु भएको हो ।

    images

    आज बिहान फाइबरको तार तान्ने क्रममा पोलमा चढ्दा विकलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

    images
    images
    images

    करेन्ट लागेर गम्भीर घाइते हुनुभएका विकलाई गोरखा अस्पतालका चिकित्सकले मृत घोषित गरेका हुन् ।  घटनास्थलमा अनुसन्धान गर्दा डिसहोमको फाइबरको तार तान्ने क्रममा पोलमा चढ्दा बिजुलीको नाङ्गो तारमा छोइएपछि उहाँलाई करेन्ट लागेको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :चैत्र १०, २०८१ आइतवार - १३:०२:३२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको