Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अमेरिकाको  राज्य न्यु मेक्सिकोमा गोली चल्दा तीन जनाको मृत्यु १५ जना भन्दा बढी घाइते

अमेरिकाको  राज्य न्यु मेक्सिकोमा गोली चल्दा तीन जनाको मृत्यु १५ जना भन्दा बढी घाइते

जोईन खबर

१०, चैत्र २०८१
  • 586
    SHARES
  • अमेरिकाको  राज्य न्यु मेक्सिकोमा गोली चल्दा तीन जनाको मृत्यु १५ जना भन्दा बढी घाइते

    १० चैत काठमाडौँ । संयुक्त राज्य अमेरिकाको एक राज्य न्यु मेक्सिकोमा राति गोली चल्दा तीन जनाको मृत्यु  र १५ जना घाइते भएका छन् । लास क्रुसेस प्रहरीको फेसबुक पोस्ट अनुसार, स्थानीय समय अनुसार राति १० बजेतिर भएको सशस्त्र आक्रमणमा दुई १९ वर्षीय र एक १६ वर्षीय किशोरको मृत्यु भएको छ । पीडितहरूको पहिचान अज्ञात छ ।

    images

    प्रहरीका अनुसार घाइते व्यक्तिहरू १६ देखि ३६ वर्ष उमेरका छन् । लस क्रुसेसका प्रहरी प्रमुख जेरेमी स्टोरीले एक पत्रकार सम्मेलनमा यङ्ग पार्कमा एउटा ‘अवैध कार शो’ मा दुई समूहबीचको झगडा गोलीबारीमा परिणत भएको बताए ।घटनाले फेसबुक पोस्टमा घाइतेको सङ्ख्या १४ बाट १५ पुग्यो ।

    images
    images
    images

    लस क्रुसेस फायर चीफ माइकल डेनियलले एक पत्रकार सम्मेलनमा सात घाइतेहरूलाई स्थानीय अस्पतालबाट थप उपचारको लागि एल पासो लगिएको बताए । शनिबारको इन्स्टाग्राम पोस्टमा लस क्रुसेस सिटी काउन्सिलर र मेयर प्रो टेम जोहाना बेन्कोमोले गोलीकाण्डलाई ‘हिंसाको एक जघन्य कार्य जसले हाम्रो शहरलाई शोकमा डुबाउनेछ समेत बताए ।  लस क्रुसेस अमेरिका–मेक्सिको सीमाबाट लगभग ४१ माइल उत्तरमा चिहुआहुआन मरुभूमिको किनारमा अवस्थित छ । एजेन्सी

    प्रकाशित मिति :चैत्र १०, २०८१ आइतवार - १४:११:५० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको