Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आदर्श बहुमुखी क्याम्पस धादिङमा अखिल क्रान्तिकारीले आफै स्ववियु गठन ग¥यो

आदर्श बहुमुखी क्याम्पस धादिङमा अखिल क्रान्तिकारीले आफै स्ववियु गठन ग¥यो

जोईन खबर

१०, चैत्र २०८१
  • 625
    SHARES
  • आदर्श बहुमुखी क्याम्पस  धादिङमा  अखिल क्रान्तिकारीले  आफै स्ववियु गठन ग¥यो

    १० चैत काठमाडौँ । धादिङको गजुरीमा रहेको  आदर्श बहुमुखी क्याम्पसले अखिल क्रान्तिकारीले आफैं स्ववियु गठन गरेको छ । क्याम्पस प्रशासनले स्ववियु चुनाव नगराएपछि क्रान्तिकारीले ५१ प्रतिशत विद्यार्थीको हस्ताक्षरमा स्ववियु गठन गरेको जनाएको छ।सहमति गर्ने भन्दै क्याम्पस प्रशासनले चुनाव नगराएपछि बहुमत विद्यार्थीको हस्ताक्षरमा अखिल क्रान्तिकारी  स्ववियु गठन गरिएको  छ ।

    images

    स्ववियु सभापतिमा गणेश पाण्डे,उपसभापतिमा सुस्मिता बरुवाल, सचिवमा गरिमा लामिछाने,सहसचिवमा सुमन डीसी,कोषाध्यक्षमा कुशल सुवेदीलाई चयन गरिएको  धादिङ जिल्ला अध्यक्ष श्रीकृष्ण रिजालले  जानकारी दिनु भयो । यस गठनको ६ सदस्य सहित ११ सदस्य स्ववियु गठन गरिएको हो । उक्त कार्यक्रममा गजुरी गाउँपालिका प्रमुख गणेशलाल श्रेष्ठ, गजुरी गाउँपालिका वडाका अध्यक्षहरू लगायतकाे उपस्थिति थियाे ।

    images
    images
    images

    क्रान्तिकारीले आफैं घोषणा गरेपछि आधिकारिकता पाउने नपाउने अन्योल भएको छ । क्याम्पस प्रमुख मुक्तिकला लामिछानेका अनुसार सहमतिका लागि कार्यदल बनाएको थियो। कार्यदलमा पनि सहमति जुटेको छैन ।कार्यदलले आधिकारिक प्रतिवेदन बुभलाएपछि मात्र क्रान्तिकारीले स्ववियु घोषणा गरेको विषयमा निचोड निस्कने उनले बताइन्। ‘क्रान्तिकारीले सुरुदेखि नै चुनावको माग गरेको हो । तर सहमतिको लागि कार्यदललाई जिम्मा दिइएको थियो । कार्यदलले छलफल पनि गरेको हो । प्रतिवेदन आएको छैन । 

    प्रकाशित मिति :चैत्र १०, २०८१ आइतवार - १५:४२:५५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको