Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आधिकारिक ट्रेड युनियनले संसदमा प्रस्तुत भएको नागरिक उड्डयनसम्बन्धी दुवै विधेयक फिर्ता लिन माग गर्दै बुझाएको  ज्ञापनपत्रको ७ दिन सम्म पनि कुनै सुनुवाइ नभएको भन्दै हिजो देखि आन्दोलन सुरु

आधिकारिक ट्रेड युनियनले संसदमा प्रस्तुत भएको नागरिक उड्डयनसम्बन्धी दुवै विधेयक फिर्ता लिन माग गर्दै बुझाएको  ज्ञापनपत्रको ७ दिन सम्म पनि कुनै सुनुवाइ नभएको भन्दै हिजो देखि आन्दोलन सुरु

जोईन खबर

१०, चैत्र २०८१
  • 2.4K
    SHARES
  • आधिकारिक ट्रेड युनियनले संसदमा प्रस्तुत भएको नागरिक उड्डयनसम्बन्धी दुवै विधेयक फिर्ता लिन माग गर्दै बुझाएको  ज्ञापनपत्रको ७ दिन सम्म पनि कुनै सुनुवाइ नभएको भन्दै  हिजो देखि आन्दोलन सुरु

    १० चैत काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को आधिकारिक ट्रेड युनियनले संसदमा प्रस्तुत भएको नागरिक उड्डयनसम्बन्धी दुवै विधेयक फिर्ता लिन माग गर्दै बुझाएको  ज्ञापनपत्रको ७ दिन सम्म पनि कुनै सुनुवाइ नभएको भन्दै हिजो देखि आन्दोलन  सुरु  गरेका छन् । गएको  बुधबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीलाई ज्ञापनपत्र बुझाउँदै युनियनले नियामकीय भूमिकाको मूल मुद्दाबाट नै विषयान्तर भइ पेश भएको भन्दै विधेयकलाई तत्काल फिर्ता लिन माग गरेको हो । उक्त विधेयक ७ दिनभित्र फिर्ता लिने भनिइ पनि अहिले सम्म कुनै बिषयमा छलफल नभए पछि आन्दोलन गर्ने निर्णय गरिएको नेपाल राष्ट्रिय कर्मचारी सगंठन आधिकारिक ट्रेड युनियनका महासचिव लिला प्रसाद श्रेष्ठले बताउनु भयो ।

    images

    br.jpg                 विराटनगर विमानस्थ आन्दोलनकाे तस्विर

    images
    images
    images

    उड्डयन तथा हवाई सुरक्षाको प्रत्याभूति एवं सुनिश्चितताको मुख्य संवाहक नेपाल नागरिक उड्डयन प्राधिकरणमा कार्यरत कर्मचारीहरु एवं सरोकारवाला वर्गसंग औपचारिक छलफल विना माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री माघ १९ गते संघीय संसद्मा दर्ता गरी मिति २०८१ फागुन १३ गते प्रतिनिधि सभामा पेश गर्नुभएको नेपाल नागरिक उड्डयन प्राधिकरणको विद्यमान संरचनालाई ध्वस्त पारी २ वटा कमजोर प्राधिकरणहरु बनाउने समग्र प्रकृया प्रति नेपाल नागरिक उड्डयन प्राधिकरणको आधिकारिक ट्रेड यूनियनको गम्भीर असहमति तथा असन्तुष्टि रहेको  युनियनका महासचिव श्रेष्ठले उल्लेख गरेको प्रेस विज्ञप्तीमा लेखिएको छ ।

     

    ko9.jpg                कर्मचारीहरू कालो प‌ट्टी बाँधी कार्यालयमा

    यस संगठनले आन्दोलन सुरू गर्नु भन्दा अघि नै माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई ७ दिने अल्टिमेटम ज्ञापनपत्र बुझाउदा पनि कुनै बिषयमा छलफल नभएको ट्रेड युनियनले  जनाए । नेपाल सरकारबाट पेश गरिएका विधेयकहरू फिर्ता लिन गरिएको मागको कुनै सुनुवाई नभएको तथा विभिन्न मितिहरुमा नेपाल नागरिक उड्डयन प्राधिकरणमा कार्यरत सम्पूर्ण क्रियाशिल ट्रेड यूनियनहरू, पेशागत संघ संगठनहरु, सम्पूर्ण कर्मचारीहरुसंगको औपचारिक तथा अनौपचारिक छलफल तथा प्राप्त सुझाव समेतका आधारमा नेपाल नागरिक उड्डयन प्राधिकरणको आधिकारिक ट्रेड यूनियनको नेतृत्वमा संस‌द्मा प्रस्तुत भएका विधेयकहरू फिर्ता लिनको लागि श्रृङ्खलाबद्ध रूपमा संघर्षमा जाने तयारी समेत गरेका थिए ।

    बब.jpg    नेपाल नागरिक उड्डयन प्राधिकरण आधिकारिक ट्रेड यूनियनका कर्मचारीहरू आन्दोलनमा

    सम्पूर्ण ट्रेड युनियनहरूको सहमतिमा  यही चैत ९ गते यस संस्थाले बुझाएको ज्ञपानपत्रको समय सकिए संगै देशै भरिका विमानस्थलहरुमा कालो व्यानर प्रदर्शन गरिने निर्णय गरिएको हो । आन्दोलनको पहिलो दिन हिजो नेपाल भरिका विमानस्थलहरुमा कालो व्यानर प्रदर्शनसहित आन्दोलन हिजो सकिएको हो । आज आन्दोलनको दोस्रो दिन आजदेखि चैत १४ गते सम्म कालो प‌ट्टी बाँधी कार्यालयमा काम गर्ने गरिएको छ ।  यसै गरि आन्दोलनको क्रममा भाली चैत ११ गते बिहान १० बजे देखि ११ बजे सम्म पेन डाउन गर्ने र १२ गते बिहान १० बजे देखि १२ बजे सम्म पेन डाउन गर्ने,१३ गते बिहान १० बजे देखि १ बजे सम्म पेन डाउन गर्ने,१४ गते बिहान १० बजे देखि २ बजे सम्म पेन डाउन सहित ब्यानर तथा प्ले कार्ड प्रदर्शन सहित प्रधान कार्यालय, सिनामंगलमा धर्ना निर्णय भएको आधिकारिक ट्रेड युनियनका महासचिव  श्रेष्ठले जानकारी दिनु भयो ।

    हिजो देखि सुरू गरेको आन्दोलनको व्यानरमा लेखिएको छ, हवाई माफियाहरु ,होसियार ! हवाई क्षेत्र माथि हुन लागेको निजिकरण बन्द गर, बन्द गर !! नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०८१, तुरुन्त फिर्ता गर ! नेपाल हवाई सेवा प्राधिकरण विधेयक  २०८१ तुरुन्त फिर्ता गर !! भन्दै कार्यालय वरिपरि आन्दोलन गरेका छन् ।

    WhatsApp Image 2025-03-23 at 15.53.31_fb97d54f.jpg

    यति सम्म गर्दा पनि कुनै पनि मागको सम्बोधन नभएमा कठोर कार्यक्रम चाल्न बाध्य हुने र सम्पूर्ण संघर्षको परिणामको जिम्मा नेपाल सरकार सहित राज्यका सम्बन्धित अंग एवं निकायहरुले लिनुपर्ने युनियनले चेतवानी दिएकाे छ ।

    प्रकाशित मिति :चैत्र १०, २०८१ आइतवार - १५:४९:१९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको