११ चैत काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ। सोमवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई पदबाट हटाउने निर्णय गरेको जानकारी भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारीले दिए।
आजकै मितिबाट लागू हुनेगरी पदबाट हटाइएको सहकारीमन्त्री अधिकारीले हो। घिसिङको कामकारबाहीप्रति चित्त नबुझेको भन्दै सरकारले पटकपटक उनलाई स्पष्टीकरण सोधेको थियो।
पाँचौँ पटक घिसिङले केही दिनअघि मात्रै ऊर्जा मन्त्रालयलाई स्पष्टीकरण दिएका थिए।कुलमान दोस्रो पटक २०७८ साउन २५ गते कार्यकारी निर्देशक नियुक्त भएका थिए