Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखा नगरपालिकामा मेयर कप फुटबल र उपमेयर महिला भलिबल चैत २५ गते देखि हुने

गोरखा नगरपालिकामा मेयर कप फुटबल र उपमेयर महिला भलिबल चैत २५ गते देखि हुने

जोईन खबर

१२, चैत्र २०८१
  • 685
    SHARES
  • गोरखा नगरपालिकामा मेयर कप फुटबल र उपमेयर महिला भलिबल चैत २५ गते देखि हुने

    १२ चैत  काठमाडौँ । गोरखाको गोरखा नगरपालिकामा मेयर कप फुटबल  र उपमेयरकप महिला भलिबल प्रतियोगिता हुने भएको छ । नगपालिकाको ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नाराका साथ मेयर कप फुटबल दोस्रो संस्करण र उपमेयर कप महिला भलिबल प्रतियोगिता पहिलो संस्करण एकै दिन, एकै ठाउँमा हुन लागेको एक सूचना मार्फत नगरपालिकाले जनाएको छ ।

    images

    उक्त खेल यही चैत २१ गतेदेखि २५ गतेसम्म छेपेटारस्थित खेलमैदानमा नगरपालिका भित्रका १४ वटै वडाको सहभागिता प्रतियोगिता हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव खनालले बताए । सोही मितिदेखि प्रथम अन्तरपालिका उप–प्रमुख खुल्ला महिला भलिबल प्रतियोगिता सञ्चालनमा  हुने भएको छ ।प्रतियोगितामा  गोरखा जिल्ला भित्रका स्थानीय तहसहित अर्काे जिल्ला धादिङको निलकण्ठ नगरपालिकाको पनि सहभागिता रहने नगरपालिकाले बताए ।

    images
    images
    images

    नगरपालिकामा हुन लागेको  दुवै खेलमा प्रथम हुने टिमले नगद पुरस्कार एक लाख एक हजार एक सय एघार (१,०१,१११) रुपैयाँ प्रप्ता  गर्ने छन् । यसै गरि द्वितीय हुने टिमले नगद (५१ हजार १११ ) पुरस्कार पाउने छन् ।  तृतीय हुने टिमले नगद (३० हजार १११) नगद पुरस्कार प्राप्त गर्ने नगरपालिकाले जनाएको छ । यस्तै सान्तवना हुने टिमले १५ हजार १११ रुपैयाँ नगदको साथमा ट्रफी मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ ।

    मेयर कप तर्फभने उत्कृष्ट खेलाडीले ५ हजार १११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने,उत्कृष्ट गोलरक्षक, गोलकर्ता र उत्कृट कोचलाई पनि जनही २ हजार १११ रुपैँया नगदसहित ट्रफी , मेडल र प्रमाणपत्र पाउने छन् । मेयर कपमा सहभागिता जनाउनका लागि नगरपालिकामा स्वयं उपस्थित भई वा नगरपालिकाको ईमेल ठेगानामार्फत टिम दर्ता गराउन सकिनेछ । उप–प्रमुख कपतर्फ भने टिम दर्ताको अन्तिम मिति चैत्र १८ गतेसम्म रहेको छ ।

    प्रकाशित मिति :चैत्र १२, २०८१ मंगलवार - १०:५८:२८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको