१२ चैत काठमाडौँ । नेपाल सरकारले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको विरोधमा काठमाडौंको प्रदर्शनीमार्गमा विद्यार्थीहरुले ऊर्जामन्त्री दीपक खड्काको पुत्ला जलाएका छन् ।एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रदर्शनीमार्गको विश्वभाषा क्याम्पस अगाडि प्रदर्शन गर्दै पुत्ला जलाएर आन्दोलन गरेको थिए ।
प्रदर्शनमा सहभागीहरुले कुलमानको पक्षमा र सरकारको विपक्षमा नारा समेत लगाएका थिए ।प्रदर्शनको नेतृत्व एकीकृत समाजवादीका केन्द्रीय सदस्य सुदेश पराजुलीले गरेका थिए । जलिरहेको पुत्ला बोकेर विद्यार्थीहरु अगाडि बढेपछि प्रहरीले खोसेको थियो ।विरोध प्रदर्शनपछि आयोजित कोण सभा गरेका हुन् । सरकारले जनताको लागि राम्रो काम गरेका एक व्यक्तिलाई हटाइ आफनो मान्छे नियुक्ती गरेको भन्दै विभिन्न दलका कार्यकर्ता आन्दोलन गर्ने तयारी गरि रहेका छन् ।
आन्दोलनको क्रममा समाजवादीका केन्द्रीय सदस्य सुदेश पराजुलीले सरकारले दलाल, माफिया र भ्रष्टाचारीहरुलाई संरक्षण गरेको आरोप लगाए । ‘यो सरकारलाई उज्यालो मन पर्दैन, कालो धन, अँध्यारो मनपर्छ, समेत भने भनाइ व्यक्त गरे । सरकारविरुद्ध देशभर आन्दोलनमा होमिन अपिल समेत गरे ।