१२ चैत काठमाडौँ । नेपाल युथ क्लब काठमाडौँले फेसबुक अभियानमार्फत आर्थिक सहयोग सङ्कलन गरी गोरखाकी एक क्यान्सर पीडित महिलालाई उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ । गोरखाको आरुघाट गाउँपालिका वडा न २ मान्बु पात्ले खर्क घर भएकी आस्कुमारी घलेलाई उनको निवासमा पुगी नगद हस्तान्तरण गरिएको हो । क्यान्सर पिडित घले हाल अहिले काठमाडौँको ठूलो सरकारी बिर अस्पताल उपचार भई रहेको नेपाल युथ क्लबका उपाध्यक्ष ध्रुव अधिकारी जानकारी दिनु भयो ।
क्लबका उपाध्यक्ष अधिकारीका अनुसार क्यान्सर पीडित घलेलाई नेपाल युथ क्लबको सहयोगमा र रकम संकलनका संयोजक बिकाश गुरुङको नेतृत्वमा अभियान सञ्चालन गरेर रकम जुटाएर गत शुक्रबार निवासमा पुगी पिडितको स्वास्थ्य अवस्था बुझी हस्तारन्तण गरेको अभियानका संयोजक बिकाश गुरुङले बताउनु भयो ।
क्यान्सर पिडित घलेको पारीवारीक अवस्था निकै कमजोर भएकोले क्लबले क्यान्सर पिडित बचाउ अभियान चलाई क्लबका ध्रुव अधिकारी लगायत सबै टिम मिलेर विभिन्न व्यापार व्यावसायी तथा देश बाहिरा र देश भित्र रहेका व्यक्तिहरु संग रकम संकलन गरि जम्मा भएको रकम एक कार्यक्रम बिच हस्तान्तरण गरिएको क्लबका उपाध्यक्ष तथा समाजसेवी युवा नेता ध्रुव अधिकारीले जानकारी दिनु भयो । युवा नेता अधिकारीका अनुसार बिरामी घलेले क्यान्सर रोगको उपचार गर्न नसक्ने भएकोले उपचारमा सहयोग गर्न नेपाल युथ क्लबका होल टिमको सहकार्यमा आर्थिक सङ्कलन अभियान सञ्चालन गर्दै आएका समेत बताए ।
नेपाल युथ क्लबका उपाध्यक्ष अधिकारीले अभियानबाट जम्मा भएको रु एक लाख ९८ हजार ५ सय ५ रुपैयाँ उहाँलाई हस्तारन्तरण गरिएको हो ।अभियानमा स्वदेश तथा विदेशमा रहेको नेपाली दाजू भाइहरुले हामीलाई सहयोग गरेर हौसाला दिनु भएकोमा क्लबका सम्पूर्ण टिमले धन्यवाद ब्यक्त गरे ।“पैसा नभएर नै उहाँ उपचार कमी आएर अस्पताल जानका लागि खर्च अभावमा छटपटी रहनुभएको भन्ने सुन्यौँ त्यस पछि हाम्रो क्लबका साथीहरु संग सरसलाहा गरेर हामीले उहाँलाई मृत्युबाट केही समय जोगाउन जसरी पनि केही गर्नुपर्छ भन्ने लागेर हामीले अभियान थालेर करम संकलन गरेको अधिकारीले बताउनु भयो ।
गोरखा जिल्ला घर भएका घले विगत केही वर्षदेखि क्यान्सर रोग संग लडदै थिइन् । क्यान्सर भएकी पीडित घले परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको छ । घलेको उपचारका लागि जिल्लाभित्रका स्थानीयवासी र विभिन्न सङ्घसंस्थालगायतबाट सङ्कलन गरिएको थियो । नेपाल युथ क्लबका सम्पूर्ण परिवारले अरुलाई पनि आफुले सकेको सहयोग गर्ने अनुरोध गरेका छन् ।