Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 नेपाल विद्युत् प्राधिकरण रत्नपार्क मुख्या कार्यालयमा आन्दोलन

 नेपाल विद्युत् प्राधिकरण रत्नपार्क मुख्या कार्यालयमा आन्दोलन

जोईन खबर

१३, चैत्र २०८१
  • 727
    SHARES
  •  नेपाल विद्युत् प्राधिकरण रत्नपार्क मुख्या कार्यालयमा आन्दोलन

    १३ चैत काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई सरकारले हटाएको विरोधमा आज बुधबार पनि पनि काठमाडौंमा प्रदर्शन भएको छ । महिला र पुरुषहरुको समूह नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालय अगाडि भेला भएर विरोध प्रर्दशन गरेका हुन ।

    images

    सरकारले घिसिङको काम सन्तोषजनक नभएको ठहर गर्दै चैत ११ गते पदबाट हटाउने निर्णय गरेको थियो ।घिसिङलाई हटाएर उनको स्थानमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरिएको छ । कुलमानलाई हटाउनु गलत भएको भन्दै सदन र सडकबाट सरकारको विरोध भइरहेको छ ।

    images
    images
    images

    आज दिउँसो सरकारविरुद्ध नारा लगाउँदै एक टोली विद्युत् प्राधिकरणको कार्यालय अगाडि पुगेको थियो । सो टोलीका केही सदस्यहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।विरोध प्रदर्शनलाई लक्षित गरी हिजोदेखि नै विद्युत् प्राधिकरण कार्यालय र काठमाडौंका विभिन्न चोकहरुमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।

     

    प्रकाशित मिति :चैत्र १३, २०८१ बुधवार - १४:४९:४० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको