Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सेन्ट्रल प्लाजामा आगो निभाउने क्रम ५ जना सुरक्षाकर्मीसहित ७ जना घाइते 

सेन्ट्रल प्लाजामा आगो निभाउने क्रम ५ जना सुरक्षाकर्मीसहित ७ जना घाइते 

जोईन खबर

१३, चैत्र २०८१
  • 760
    SHARES
  • सेन्ट्रल प्लाजामा आगो निभाउने क्रम ५ जना सुरक्षाकर्मीसहित ७ जना घाइते 

    १३ चैत काठमाडौँ । इटहरीको सेन्ट्रल प्लाजामा भएको आगलागीमा ५ जना सुरक्षाकर्मीसहित ७ जना घाइते भएका छन्।सेन्ट्रल प्लाजामा फसेका सर्वसाधारणको उद्धार गर्ने र आगो निभाउने क्रममा ५ जना सुरक्षाकर्मी सामान्य घाइते भएको र दुई जना सर्वसाधारण पनि घाइते भएका छन् ।

    images

    उनीहरू सबैको उपचार भइरहेको र सबैको स्वास्थ्य अवस्था सामान्य छ । सुनसरीको इटहरी चोकबाट दुई सय मिटर पूर्वमा रहेको नौ तलाको भवन सेन्ट्रल प्लाजामा बुधबार बिहानदेखि आगलागी भइरहेको छ।

    images
    images
    images

    त्यस प्लाजामा मान्छेहरु फसेका थिए उद्वार गर्न अरु उपाय नभए पछि हेलिकप्टरबाट उद्वार गर्ने तयारी गरियो तर काठमाडौंबाट हेलिकप्टर आउन ढिलो भएको कारणले डोरीको सहायताले सुरक्षाकर्मीले ११ जनाको उद्धार गरेका हुन् ।

    क्रेनको सहायताले पानी हालिरहेको र आयल निगमबाट फोम, फायरबल लगायतका सामग्री ल्याएर आगो नियन्त्रण प्रयास जारी रहेको छ । 

    प्रकाशित मिति :चैत्र १३, २०८१ बुधवार - १५:१७:११ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको