Logo

बिहिवार, कार्तिक १३ गते २०८३

ललितपुरमा  ३० वर्षीय  युवाको खुकुरी प्रहारबाट  हत्या 

ललितपुरमा  ३० वर्षीय  युवाको खुकुरी प्रहारबाट  हत्या 

जोईन खबर

१४, चैत्र २०८१
  • 622
    SHARES
  • ललितपुरमा  ३० वर्षीय  युवाको खुकुरी प्रहारबाट  हत्या 

    १४ चैत काठमाडौँ । ललितपुरमा  ३० वर्षीय  युवाको खुकुरी प्रहारबाट हत्या भएको छ ।  महालक्ष्मी नगरपालिका–४ इमाडोल ओचुहाइट बस्दै आएका ३० वर्षीय रिपक खातीको धारिलो हतियार प्रहारबाट हत्या भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरि रेग्मी जानकारी दिए।

    images

    गएराति पौने १ बजेतिर रामेछाप घर भएका २५ वर्षीय सुमन रसाइलीले खुकुरीले घाँटीमा प्रहार गर्दा खातीको घटनास्थलमै मृत्यु भएको हो ।

    images
    images
    images

    हत्या भएका खाती र हत्या आरोपी रसाइली दुवै रामेछापका हुन्। मध्यराति खातीलाई ओचुहाइटस्थित शिव मन्दिर नजिक बोलाएर उनले खुकुरी हानेका प्रहरीले जनाएको छ।

    खातीले आफ्नी बहिनीलाई जिस्काएको निहुँमा हत्या गरेको बयान आरोपीले प्रहरीलाई दिएका छन्।मध्यराति फोन गरेर एकान्तमा बोलाएपछि एक्कासी खुकुरी प्रहार भएको देखिन्छ। एसपी रेग्मीले भने,चिनेजानेको मान्छेले बोलाएपछि पुगेका खाती खुकुरी प्रहारबाट घटनास्थलमै ढलेको पाइएको छ। 

    प्रकाशित मिति :चैत्र १४, २०८१ बिहिवार - १०:५०:४० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको