१५ चैत काठमाडौँ । तीनकुनेमा भएका् राजावादीको आन्दोलनमा फोटो खिच्न पुगेका एक जना पत्रकारको आगोमा जलेर मृत्यु भएको छ ।
उनी तिनकुने भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका सुरेश रजकको मृत्यु भएको हो ।राजावादीहरुले तीनकुनेमा गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएपछि एक भवनमा आगजनी भएको थियो ।
सो घटनालगत्तै रजक सम्पर्कविहीन भएका थिए ।एभिन्युज टेलिभिजनका सम्पादक शिव दाहालले भने, ‘रिपोर्टिङमा गएको साथी सम्पर्कविहीन हुनुहुन्छ । अस्पतालतिर पनि भएको जानकारी छैन ।एभिन्युज टेलिभिजनका अर्का एक पत्रकारले सो घरभित्र आफ्नो साथी भएको जानकारी प्रहरीलाई दिँदादिँदै पनि उद्धार नभएको बताए ।