१६ चैत काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई २४ घण्टाभित्र बिनासर्त रिहा गर्न अल्टिमेटम दिएको छ । राजावादीको प्रदर्शनमा भएका घटनाको छानबिन गर्न माग समेत गरेका छन् ।
पार्टी कार्यालय धुम्वाराहीमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले तीनकुने घटनाको छानबिनका लागि स्वतन्त्र न्यायिक छानबिन आयोग गठन गर्न अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।बैठकले आफ्ना नेताहरूलाई रिहा नगरिए देशभर विरोधका कार्यक्रमहरू गर्ने र त्यसलाई आन्दोलनका रूपमा उठाएर लैजाने उनले बताए।
बैठकले राजावादीको प्रदर्शनका क्रममा भएको घटना सरकारकै कारणले निम्तिएको निष्कर्ष निकालिएको उनले बताए। शुक्रबारको प्रदर्शनमा सरकार दमन गर्ने योजनाको साथ परिचालित भएको र हिंसा भड्काउन उद्धत रहेको लिङ्देनले बताए।