Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 प्रेस सेन्टर नेपालको ५ औँ राष्ट्रिय महाधिवेशनमा गोरखाबााट चार जना निर्विरोध निर्वाचित , समावेशी उपाध्यक्षमा श्रेष्ठ 

 प्रेस सेन्टर नेपालको ५ औँ राष्ट्रिय महाधिवेशनमा गोरखाबााट चार जना निर्विरोध निर्वाचित , समावेशी उपाध्यक्षमा श्रेष्ठ 

जोईन खबर

१८, चैत्र २०८१
  • 916
    SHARES
  •  प्रेस सेन्टर नेपालको ५ औँ राष्ट्रिय महाधिवेशनमा गोरखाबााट चार जना निर्विरोध निर्वाचित , समावेशी उपाध्यक्षमा श्रेष्ठ 

    १८ चैत काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको ५ औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय समितिमा गोरखा बाट चार जना निर्विरोध निर्वाचित भएका छन् । यही चैत १६ गते देखि सुरु भएको राष्ट्रिय महाधिवेशन काठमाडौँको थापा गाउँ काठमाडौँ बैंकेटमा मओवादी केन्दका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा उद्वघाटना  गरिएको थियो । हिजो आइतबार मनोनयन दर्ता हुँदा तोकिएको समयमा चारै जनाको एकल उम्मेदवारी परेसँगै निर्विरोध निर्वाचित भएका हुन् ।

    images

    यस  संगठनको नयाँ कार्यसमितिमा गोरखाबाट विभिन्न पदमा निर्विरोध निर्वाचित भएका छन् । जसमा  समावेशी उपाध्यक्ष पदमा  दिपक श्रेष्ठ,केन्द्रीय सदस्यमा सागर पन्त, केन्द्रीय सदस्या संगीता चेपाङ र केन्द्रीय लेखा आयोगको संयोजकमा अमृतराज उपाध्याय निर्विरोध निर्वाचित भएका छन् । समावेशी उपाध्यक्षमा निर्वचित भएका श्रेष्ठ यस अघि गण्डकी प्रदेशका इन्चाज थिए । उनी गोरखामा सामुदायिक रेडियो रेडियो मनास्लुका स्टेशन म्यानेज तथा आफैले नागरिक अनलाइन डटकम समेत सञ्चालन गर्दै आएका छन् ।

    images
    images
    images

    प्रेस सेन्टरमा धेरै पदहरुमा सहमति जुट्न नसकेपनि नेतृत्व चयनका लागि निर्वाचन हुन लागेको हो । केन्द्रीय सदस्या सागर पन्त यस अघि काठमाडौका उपत्यका बरिष्ठ उपाध्यक्ष थिए । पन्तले आफै गण्डकी टाइम्स अनलाइन समेत सञ्चालन गर्दै आएका छन् ।  अर्काे निर्वचित केन्द्रीय सदस्या संगीता चेपाङ फोनिज गोरखाका सचिव तथा ईच्छाकामना एफएममा कार्यरत छिन् । अव समितिमा अरु सबै पद निर्विरोध निर्वाचित भए पनि अध्यक्ष पदका लागि कमल गिरी र दीपेन्द्र रावल बिच प्रतिस्पर्धा हुदै छ । 

    प्रकाशित मिति :चैत्र १८, २०८१ सोमवार - ०७:१०:१३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको