Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने

जोईन खबर

१८, चैत्र २०८१
  • 571
    SHARES
  • प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने

    १८ चैत काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय संसद्मा आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्नुहुने भएको छ ।संसद् भवन नयाँबानेश्वरमा बिहान ११ बजे बस्ने उक्त बैठकमा प्रधानमन्त्री ओलीले प्रारम्भमै सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

    images

    प्रधानमन्त्री ओलीले आज हुने प्रतिधिनि बैठकमा  गर्ने तय भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।प्रधानमन्त्री ओलीको सम्बोधनसँगै प्रमुख प्रतिपक्षी दलद्वारा लगातार जारी राखेको संसद्को अवरोध अन्त्य हुने विश्वास गरिएको छ । आजको बैठकबाट नै महत्वपूर्ण पाँचवटा प्रतिस्थापन विधेयक छलफलसहित पारित गर्ने कार्यसूची रहेको छ ।

    images
    images
    images

    प्रतिनिधिसभाको कार्यसूचीमा प्रधानमन्त्री ओलीले गत शुक्रबार भएको राजावादीहरूको हिंसात्मक आन्दोलन, विपक्षी दलहरूले उठाउँदै आएको कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट बर्खास्त गरिएको लगायत विषयमा सम्बोधन गर्ने कार्यसूची छ ।

    प्रकाशित मिति :चैत्र १८, २०८१ सोमवार - ११:३९:१३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको