१८ चैत काठमाडौँ । सभामुख देवराज घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल शमशेर राणा पक्राउ परेको सूचना संसद्मा जानकारी गराएका छन् । आज सोमबार सभामुख घिमिरेले राणा पक्राउ परेको सूचना सभामा सुनाएका हुन् ।
जसमा दुर्गा प्रसाईं समेत भएको राज्यविरुद्धको अपराध सम्बन्धी कसुरमा राणा पक्राउ परेको उल्लेख छ ।राप्रपाको संलग्नतामा १५ चैतमा तीनकुनेमा प्रदर्शन भएको घटनामा रविन्द्र मिश्र सहितका व्यक्तिहरू भेला भएको उल्लेख छ ।
प्रहरीको ज्यान मार्ने प्रयास गरेको, घरभित्र मानिस छ भन्ने थाहा हुँदा हुँदै आगजनी गरेर ज्यान मार्ने कार्य हुँदा त्यसलाई बल पुग्ने गरी भूमिका खेलेको भनेर राणमाथि राज्य विरुद्धको कसूर समेतका आधारमा पक्राउ गरिएको उल्लेख छ ।