१९ चैत काठमाडौँ । त्रिचन्द्र बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचन शान्तीपूर्ण तरिकाले भई रहेको छ । देशभर चैत ५ गते हुने भनिएको स्ववियु निर्वाचन विभिन्न कारणले पटक–पटक स्थगित भएको थियो ।
त्रिचन्द्र कलेजको स्ववियु निर्वाचनका लागि आज मतदान भइरहेको छ । यस क्याम्पसका कहीले के कहीले कारणले निर्वाचन स्थगित भई रहेको थियो । यति बेला सो कलेज नजिकको बाटो नै बन्द गरेर मतदान भइरहेको हो । तीनधारा पाठशालादेखि कमलादीबाट आउने एकतर्फी बाटोमा सवारी रोकेर मतदान भइरहेको छ ।
सधैँ व्यस्त रहने जमल सुनधारा तिर जाने सडक खण्ड बन्द गरिएपछि रत्नपार्क क्षेत्रमा ट्राफिक चाप बढेको छ । अफिस समयमा नै बाटो बन्द गरेपछि मानिसहरू हिँडेर नै आफ्नो गन्तव्यतर्फ गइरहेका छन् । सडकमा भने उम्मेदवारका समर्थक र सहयोगीहरू नारा लगाएर र भोट माग्दै बसिरहेका छन् ।




