१९ चैत काठमाडौँ । काठमाडौँ कलंकीमा बिजुलीको पोलमा आगोलागी भएको छ । कलंकी लामपाटी क्षेत्रस्थित सडक छेउको बिजुलीको पोलमा आज मगंलबार दिउँसो १ बजे ३० मिनेटमा आगलागी भएको हो ।
आगलागी हुँदा केहीबेर सवारी आवागमन समेत अवरुद्ध भएको थियो ।अहिले भने आगो नियन्त्रणमा ल्याउन प्रहरी र सुरक्षकर्मी स्थानियले दमकल बोलाउद छन् ।
घर नजिकै रहेको सडकको छेउको बिजुलीको पोलको तारहरू सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ । थप विवरण आउन बाकी छ । आगोलागी भएको स्थानमा अहिले सम्म भने दमकल अआएको छैन । एक स्थानियले भने खबर गरेका छौँ, दमकल आउदै छ भने ।