२० चैत काठमाडौँ । काठमाडौँको घण्टाघरमा रहेको त्रिचन्द्र क्याम्पसको स्वविुय निर्वाचनको मतगणना सुरु भएको छ । उक्त मतगणनामा नेपाल विद्यार्थी संघका अध्यक्ष उम्मेदवार गोविन्द कोइरालाले अग्रता लिएका छन् ।
पटक पटक स्थगित हुदै हिजो चैत १९ गते भएको स्ववियु निर्वाचनमा एक नम्बरको बुथ मतगणना सकिंदा नेविसंघबाट अध्यक्षमा उठेका कोइरालाले १६७ मत प्राप्त गरेका छन् ।
यस एक नम्बरको बुथमा जम्म मत ३३२ रहेको थियो । त्रिवि स्ववियु निर्वाचनमा अर्का उम्मेदवारी अनेरास्ववियुबाट अध्यक्ष पदका प्रमित विष्टले ७६ मत पाएका छन् ।
विष्ट सात संगठनको प्यानल बनाएर प्रतिस्पर्धा गरेका थिए ।स्वतन्त्र उम्मेदवार सागर न्यौपानेले ६५ मत ल्याएका छन् । नेविसंघबाट समर्थित स्वतन्त्र उम्मेदवारी दिएका श्रीधर श्रेष्ठले २ मत पाएका छन् । बाकी मत गणना हुने काम भई रहेको छ ।