Logo

बिहिवार, कार्तिक १३ गते २०८३

भाटभटेनीका सुरक्षागार्ड सम्मानित, पाए नगद ५ लाख 

भाटभटेनीका सुरक्षागार्ड सम्मानित, पाए नगद ५ लाख 

जोईन खबर

२०, चैत्र २०८१
  • 880
    SHARES
  • भाटभटेनीका सुरक्षागार्ड सम्मानित, पाए नगद ५ लाख 

    २० चैत काठमाडौँ । कोटेश्वरस्थित भाटभटेनी सुपर स्टोर पुगेर तोडफोड र लुटपाट गर्नेको प्रतिकार गरेका भाटभटेनीका सुरक्षागार्ड सम्मानित भएका छन् । राजावादी प्रदर्शन क्रममा १५ चैतमा भएको हिंसात्मक प्रदर्शनमा भाटभटेनी सुपर स्टोर लुटपाट र तोडफोडको घटना नियन्त्रणमा लिन भाटभटेनीका सुरक्षा गार्ड दुुलप्रसाद पराजुली एक्लैले प्रतिकार गरेरका थिए ।

    images

    बुधबार आयोजित विशेष समारोहमा भाटभटेनी सञ्चालक मीनबहादुर गुरुङले सुरक्षा गार्ड पराजुलीलाई ५ लाख १ हजार १ सय ११ नगद पुरस्कार, एक फूली र पाँच ग्रेड बढुवाको सम्मान प्रदान गरे ।पराजुली २२ वर्षदेखि भाटभटेनीमा कार्यरत छन् ।

    images
    images
    images

    १५ चैतमा राजावादी समूहको लुटपाट र तोडफोडमा काटेश्वर भाटभटेनी जोगाउन पराजुलीले लुटेराहरूको समूहसँग सामना गरेका थिए ।उनले लुटेराहरूलाई लाठी प्रहार गर्दै लखेट्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । समारोहमा अन्य कर्मचारीलाई पनि पुरस्कार र सम्मान प्रदान गरिएको थियो ।

    यस्तै सम्मानित हुनेहरूमा इन्जिनियर सुवर्ण डंगोल, परशुराम थारू, आयुष थारू, शान्तराम थारू, नवीन थारू, प्रेम थारू, रामदास थारू लगायत कर्मचारी छन् । उनीहरूलाई ५ हजार नगदसहित सम्मान गरिएको हो । नसकिने बताए ।

     

    प्रकाशित मिति :चैत्र २०, २०८१ बुधवार - १३:०६:१७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको