Logo

बिहिवार, कार्तिक १३ गते २०८३

भुकम्प पीडितलाई राहत सामाग्री बोकेर नेपाली सेनाको टोली म्यानमार प्रस्थान

भुकम्प पीडितलाई राहत सामाग्री बोकेर नेपाली सेनाको टोली म्यानमार प्रस्थान

जोईन खबर

२०, चैत्र २०८१
  • 556
    SHARES
  • भुकम्प पीडितलाई राहत सामाग्री बोकेर नेपाली सेनाको टोली म्यानमार प्रस्थान

    २० चैत काठमाडौँ । भुकम्प पीडितलाई राहत सामाग्री बोकेर नेपाली सेनाको टोली म्यानमारतर्फ प्रस्थान गरेको छ। म्यानमारमा गएको भूकम्पपछि नेपाल सरकारले त्यहाँ मेडिकल सहायतासहित नेपाली सेनाको २२ सदस्यीय टोली पठाएको हो ।

    images

    टोलीमा भूकम्प प्रभावितका लागि औषधि, उपकरणहरुसहित  सर्जन, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरु रहेको जनाइएको छ।मन्त्रिपरिषद्को सोमवार राति बसेको बैठकले राहत सामग्री तथा औषधी र मेडिकल उपकरणसहित नेपाल वायुसेवा निगमको जहाज पठाउने निर्णय गरेको थियो ।

    images
    images
    images

    गत चैत १५ गते म्यानमारमा ७ दशमलव ७ रेक्टर स्केलको भूकम्पले ठूलो जनधनको क्षति पुर्‍याएको छ । भूकम्पमा परी अहिलेसम्म झण्डै २ हजार भन्दा बढि मानिसहरुले ज्यान गुमाएका छन् भने हजारौँ घाइते अवस्थामा छन् । उनीहरुको उद्वारको लागि नेपाल सरकारले  नेपाली सेनाका मेडिकल टोलीलाई म्यानमार पठाएको हो । 

    प्रकाशित मिति :चैत्र २०, २०८१ बुधवार - १५:०४:०७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको