२१ चैत काठमाडौँ । पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावले अहिले देशैभरको मौसम आंशिक बदली भएको छ ।
आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार मधेश प्रदेशसहित सबै प्रदेशमा मौसम आंशिक बदली भई मुख्यतया सफा रहने अनुमान छ ।तत्काल पानी पर्ने सम्भावना नरहेको र देशका धेरै ठाउँमा तापक्रम बढ्दै जाने सम्भावना रहेको महाशाखा जनाएको छ ।