२१ चैत काठमाडौँ । काठमाडौंको घण्टाघरमा रहेको त्रिचन्द्र क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका उम्मेदवार गोविन्द कोइराला विजयी भएका छन्। पटक पटक स्थगित भएर चैत १९ गते भएको त्रिवि स्ववियु निर्वाचनमा नेविसंघको प्यानल विजयी भएका छन् । उक्त क्याम्पसमा जम्म २६७१ मत खस्दा कोइरालाले १२१५ मत पाएर सभापति जितेका हुन् ।
उनीसंग प्रतिस्पर्धी गर्ने अर्का स्वतन्त्र उम्मेदवार सागर न्यौपानेले ६८३ मत ल्याए भने अनेरास्ववियुका उम्मेदवार प्रमित विष्टले ४३१ मत ल्याएका छन्।यहाँ नेविसंघविरूद्ध सात संगठनले मोर्चाबन्दी गरेर उम्मेदवारी दिएका थिए।अनेरास्ववियु, अनेरास्ववियू, अखिल क्रान्तिकारी, अनेरास्ववियु क्रान्तिकारी बहुमत, अनेरास्ववियू समाजवादी लगायत विद्यार्थी संगठनले भागबन्डा गरी उम्मेदवारी दिएका थिए।
६ वटा कम्युनिष्टघटक विद्यार्थी संगठन र एउटा आदिवासी जनजाति महासंघको विद्यार्थी संगठनले मोर्चा गरेर नेविसंघविरूद्ध खडा भएका थिए।स्ववियु अध्यक्ष जितेका कोइराला कांग्रेस महामन्त्री गगन थापा निकट हुन्।