२१ चैत काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईं महानगरको कार्यालय कक्षामा प्रवेश गरेका छन् । गुरागाई आज कर्मचारीहरू पहल कदमीमा कार्यकक्ष पुराएका हुन् ।
कर्मचारीहरूले प्रमुख प्रशासकीय अधिृकत कार्यकक्षमा लगाइएको ताला फुटाउन क्रममा सीसी फुटेको छ। गुरागाईंलाई महानगरपालिकामा रोक्न मेयर बालेन्द्र शाहले महानगर प्रहरी परिचालन गरी अवरोध गरेका थिए।उनले गुरागाईंको कार्यकक्षसमेत बन्द राख्न लगाएका थिए।
कर्मचारीहरूले रोक्न नदिइ उनलाई कार्यालय प्रवेश गराएका हुन्। गत पुस ७ गतेदेखि गुरागाईंलाई बिदामा राखिएको थियो ।प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरपालिकाका कर्मचारीले तीन महिनादेखि तलबभत्ता लिन पाएका छैनन्।