Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रदर्शनको क्रम मृत्यु हुनेलाई नेपाल सरकारले दश लाखका दिने 

प्रदर्शनको क्रम मृत्यु हुनेलाई नेपाल सरकारले दश लाखका दिने 

जोईन खबर

२१, चैत्र २०८१
  • 598
    SHARES
  • प्रदर्शनको क्रम मृत्यु हुनेलाई नेपाल सरकारले दश लाखका दिने 

    २१ चैत काठमाडौँ । नेपाल सरकारले तीनकुने घटनामा मृत्यु भएकाको परिवारलाई क्षतिपूर्तिबापत दश-दश लाख रुपैयाँ दिने निर्णय गरेको छ। गृह मन्त्रालयले बुधबार मृतकका परिवारलाई जनही दश-दश लाख रुपैयाँ दिने निर्णय गरेको हो । प्रदर्शनमा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक र कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको थियो ।

    images

    रजकको जलेर र महर्जनको गोली लागेर मृत्यु भएको थियो । गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले प्रदर्शनका क्रममा मृत्यु भएकाको परिवारलाई जनही दश-दश लाख रुपैयाँ दिने निर्णय भएको बताए । १५ चैतमा भएको प्रदर्शनका क्रममा दुईजनाको ज्यान गयो । उनीहरूको परिवारलाई जनही दश-दश लाख रुपैयाँ दिने निर्णय भएको छ । सहमतिका लागि अर्थ मन्त्रालयमा पत्र पुगेको छ ।

    images
    images
    images

    त्यसपछि मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेस हुन्छ । त्यसलगत्तै परिवारका सदस्यले क्षतिपूर्तिबापतको रकम पाउनेछन्। भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले पनि मृतकका परिवारलाई आर्थिक सहयोगको घोषणा गरेका छन् ।  गुरुङले पत्रकार रजकको परिवारलाई पाँच लाख र महर्जन परिवारलाई तीन लाख रुपैयाँ दिने घोषणा गरेका हुन् । भाटभटेनीका मालिक गुरुङले सुरक्षागार्ड दुलप्रसाद पराजुलीलाई पाँच लाख एक हजार १११ रुपैयाँहित सम्मान गरेका हुन् ।

    प्रकाशित मिति :चैत्र २१, २०८१ बिहिवार - १५:५६:५६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको