Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सभामुख घिमिरे नेतृत्वको टोली उज्वेकिस्तान प्रस्थान

सभामुख घिमिरे नेतृत्वको टोली उज्वेकिस्तान प्रस्थान

जोईन खबर

२२, चैत्र २०८१
  • 832
    SHARES
  • सभामुख घिमिरे नेतृत्वको टोली उज्वेकिस्तान प्रस्थान

    २२ चैत काठमाडौँ । सभामुख देवराज घिमिरे अन्तरव्यवस्थापिका सङ्घको १५०औँ वार्षिकसभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज उज्वेकिस्तान प्रस्थान गर्नुभएको छ ।

    images

    प्रतिनिधिमण्डलमा सांसद श्यामकुमार घिमिरे, अञ्जान शाक्य, सूर्यमान दोङ तामाङ, सोविता गौतम, सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, प्रतिनिधिसभा सचिव हर्कराज राईलगायत सहभागी हुनुहुन्छ ।

    images
    images
    images

    अन्तरव्यवस्थापिका सङ्घको वार्षिकसभा र असंलग्न सञ्जालको चौथो शिखर सम्मेलन यही चैत २३ देखि २७ गतेसम्म उज्वेकिस्तानको राजधानी ताश्केन्टमा हुँदैछ ।

    सङ्घको सभामा सभामुख घिमिरेले ‘सामाजिक विकास र न्यायका लागि संसदीय कदमहरू’ विषयमा सम्बोधन गर्ने तथा सांसद घिमिरे र तामाङ सङ्घका स्थायी समितिको बैठकमा सहभागी हुनुहुने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

    प्रकाशित मिति :चैत्र २२, २०८१ शुक्रवार - १४:०६:१४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको