२५ चैत काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्ने यो नियमित बैठक हो ।
आजको बैठकले नेपाल राष्ट बैंकमा गभर्नर नियुक्त गर्ने सम्भावना रहेको बताइएको छ । गभर्नर महाप्रसाद अधिकारी आफ्नो ५ वर्षे कार्यकाल पूरा गरेर गत शुक्रबारै बिदाइ भएपछि रिक्त स्थानमा सरकारले पदपूर्ती गर्न लागेको हो ।
अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको गभर्नर सिफारिस समितिले आज बैठक बसेर मन्त्रिपरिषद समक्ष सिफारिस गर्ने र दिउँसो बस्ने मन्त्रिपरिषद बैठकले गभर्नर नियुक्त गर्ने सम्भावना रहेको बताइएको छ ।