Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सिरानचोक–काठमाडौं सम्पर्क समन्वय समितिले चैत ३० गते बृहत रक्तदान कार्यक्रम गर्दै 

सिरानचोक–काठमाडौं सम्पर्क समन्वय समितिले चैत ३० गते बृहत रक्तदान कार्यक्रम गर्दै 

जोईन खबर

२५, चैत्र २०८१
  • 604
    SHARES
  • सिरानचोक–काठमाडौं सम्पर्क समन्वय समितिले चैत ३० गते बृहत रक्तदान कार्यक्रम गर्दै 

    २५ चैत काठमाडौँ । नेकपा माओवादी केन्द्र गोरखा सिरानचोक गाउँपालिका –काठमाडौं सम्पर्क समन्वय समितिको आयोजनामा यही चैत ३० गते  बृहत रक्तदान कार्यक्रम हुने भएको छ । यही शनिबार काठमाडौं महानगरपालिका–१६, माछापोखरीस्थित बुद्ध मलमा बृहत् रक्तदान बृहत् रक्तदान कार्यक्रम आयोजना गर्न लागेका हुन् ।“रक्तदान गरौं जीवन बचाऔं” भन्ने मूल नारालाई आत्मसात गर्दै रगत अभावबाट छटपटाइरहेकाहरुलाई सहयोग होस् भन्दै सिरानचोक–काठमाडौं सम्पर्क समन्वय समितिले बृहत रक्तदान कार्यक्रम गर्न लागेको गोरखा काठमाडौं समन्वय समितिका सहसचिव राजन बाबु श्रेष्ठले  जानकारी दिए ।

    images

    सिरानचोक–काठमाडौं सम्पर्क समन्वय समितिले चैत ३० गते शनिवारका दिन  नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा बृहत रक्तदान कार्यक्रम गर्ने भएको सहसचिव श्रेष्ठले बताए । कार्यक्रममा गोरखाका विभिन्न स्थानबाट आई बसोबास गर्ने वैचारिक,सामाजिक,व्यावसायिक,बिधार्थी,विभिन्न राजनितिक दलका नेता तथा कार्यकर्तासहित काठमाडौवासी सम्पूर्णलाई उपस्थिति भई रक्तदान गरि दिन आयोजकले अनुरोध समेत गरेका छन् ।

    images
    images
    images

    उक्त्  चैत ३० गते हुने कार्यक्रममा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यता हुने भएको छ । बृहत रक्तदान कार्यक्रम यही चैत ३० गते शनिवारका दिन बिहान ९ः३० बजेबाट सुरु हुने छ । यस कार्यक्रममा गोरखा सिरानचोक मात्र नभई गोरखा जिल्ला भरिका तथा जुनसुकै ठाउका व्यक्तिले पनि खुला रुपमा सबैले रक्तदान गर्न पाउने छन् ।   

    प्रकाशित मिति :चैत्र २५, २०८१ सोमवार - १२:१०:३० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको