२५ चैत काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले वरिष्ठ पत्रकार रिसालको ९६औँ जन्मदिनका अवसरमा गत वर्ष उहाँकै निवासमा भेटेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरि दुःखद निधनको खबरले आफूलाई मर्माहत बनाएको उल्लेख गर्दै वरिष्ठ पत्रकार स्वर्गीय रिसालप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।
हितैषी मित्र भैरव रिसालसँग गत फागुन २१ गते भेट भएको थियो, त्यही भेट अन्तिम हुन पुग्यो, उहाँको हिजो निधन भएको खबर सुनेर मर्माहत छु, वरिष्ठ पत्रकार भैरव रिसालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु, ” प्रधानमन्त्री ओलीले लेख्नुभएको छ ।
राष्ट्रिय समाचार समिति (रासस)का पूर्वप्रमुख समाचारदाताको जिम्मेवारीसहित मानवअधिकार र वातावरण संरक्षणका क्षेत्र समेत काम गर्नू भएको थियो । उहाँ लामो समयदेखि मुटु र फोक्सोसम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो ।