Logo

बिहिवार, कार्तिक १३ गते २०८३

राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर तिम्सिनालाई कायममुकायमको जिम्मेवारी

राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर तिम्सिनालाई कायममुकायमको जिम्मेवारी

जोईन खबर

२५, चैत्र २०८१
  • 751
    SHARES
  • राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर तिम्सिनालाई कायममुकायमको जिम्मेवारी

    २५ चैत काठमाडौँ । नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायममुकायम गभर्नरको जिम्मेवारी तोकिएको छ ।

    images

    गभर्नर नियुक्तका लागि गठित सिफारिस समितिले नाम सिफारिस गर्न ढिलाई गरेपछि अर्थ मन्त्रालयले तिम्सिनालाई उक्त जिम्मेवारी दिएको हो ।नेपाल राष्ट्र बैङ्क ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुङ्गानालाई कायममुकायम गभर्नरको जिम्मेवारी तोक्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

    images
    images
    images

    गभर्नर नियुक्ति सिफारिस गर्नका लागि अर्थमन्त्री पौडेलको संयोजकत्वमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् विश्व पौडेल सम्मिलित तीन सदस्यीय समिति गठन गरिएको छ । 

    प्रकाशित मिति :चैत्र २५, २०८१ सोमवार - १४:०७:५८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको