Logo

बिहिवार, कार्तिक १३ गते २०८३

राप्रपाले आज काठमाडौँको बल्खुमा सभा गर्दै,कीर्तिपुर, कलंकी, कालिमाटी लगायतको  सडकमा आन्दोलन गर्ने

राप्रपाले आज काठमाडौँको बल्खुमा सभा गर्दै,कीर्तिपुर, कलंकी, कालिमाटी लगायतको  सडकमा आन्दोलन गर्ने

जोईन खबर

२६, चैत्र २०८१
  • 655
    SHARES
  • राप्रपाले आज काठमाडौँको बल्खुमा सभा गर्दै,कीर्तिपुर, कलंकी, कालिमाटी लगायतको  सडकमा आन्दोलन गर्ने

    २६ चैत काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौँको बल्खुमा सभा गर्दैछ। पार्टीले संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित सभा गर्न लागेको हो।

    images

    आज बिहान ११ बजेदेखि कीर्तिपुर, कलंकी, कालिमाटी, सातदोबाटो लगायतका स्थानहरुबाट जुलुस निस्किने र १२ बजे बल्खुमा सभा हुने पार्टीले बताएको छ। सभालाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने बताइएको छ।

    images
    images
    images

    प्रदर्शनलाई ध्यानमा राख्दै विभिन्न स्थानहरुमा सवारी साधन डाइभर्सनको व्यवस्था मिलाइएको छ। प्रहरीका अनुसार, खसीबजार–मकालु–कलंकी चोक–बाफल, बल्खु चोक–कुलेश्वर–कालिमाटी चोक–टेकु, कीर्तिपुर–सुन्दरीघाट–सानेपा हुँदै एकान्तकुनामा सवारी डाइभर्सन गरिनेछ।

    आवश्यक परेमा त्रिपुरेश्वर–बालाजु–हलचोक–नैकाप हुँदै सीतापाइला र चोभार–फर्पिङ–नख्खु दोबाटो हुँदै कोटेश्वरतर्फ सवारी डाइभर्सन गरिने बताइएको छ।

     

    प्रकाशित मिति :चैत्र २६, २०८१ मंगलवार - १०:४२:३७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको