Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आन्दोलनरत  शिक्षकहरुलाई वार्तामा आउन फेरि शिक्षा मन्त्रालयको आव्हान 

आन्दोलनरत  शिक्षकहरुलाई वार्तामा आउन फेरि शिक्षा मन्त्रालयको आव्हान 

जोईन खबर

२६, चैत्र २०८१
  • 769
    SHARES
  • आन्दोलनरत  शिक्षकहरुलाई वार्तामा आउन फेरि शिक्षा मन्त्रालयको आव्हान 

    २६ चैत काठमाडौँ । सरकारले आन्दोलनरत शिक्षक महासंघलाई वार्तामा आउन फेरि आव्हान गरेको छ । शिक्षा मन्त्रालयले आन्दोलनरत शिक्षकहरूलाई भोलि फेरि वार्ताको लागि बोलाएको हो ।

    images

    विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न वनेको विधेयक, २०८० प्रतिनिधि सभामा पेश भएकोमा त्यसलाई यथाशीघ्र पारित गरियोस् भन्ने माग राख्दै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले केही दिनदेखि काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका छन् ।

    images
    images
    images

    शिक्षकहरू वार्तामा नगएपछि मन्त्रालयमा भोलि वार्ता र संवादका लागि राहत एवम् अस्थायी शिक्षक, साविक उच्च माविका शिक्षक, बालविकास शिक्षक, विद्यालय कर्मचारी लगायतका सबै शिक्षक(कर्मचारीको प्रतिनिधित्व हुने गरी उपस्थित हुनका लागि नेपाल शिक्षक महासंघलाई बोलाएको छ । 

    प्रकाशित मिति :चैत्र २६, २०८१ मंगलवार - १७:०२:२२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको