२७ चैत काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेर कारोवार भएको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ७५ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ ।
हिजो बजार मूल्य अनुसार आज सुन प्रतितोला दुई हजार रुपैयाँ बढेर कारोवार भएको हो । हिजो सुन प्रतितोला एक लाख ७३ हजार ४०० रुपैयाँ खरिदबिक्री भएको थियो ।
आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ८३५ रुपैयाँमा किनबेच भइरहेको छ । हिजो चाँदी प्रतितोला एक हजार ८३० रुपैयाँमा किनबेच भएको थियो ।