Logo

बिहिवार, कार्तिक १३ गते २०८३

युएस वर्ड क्लास तेक्वान्दो हलिउडले ३० औँ वार्षिक उत्सव मनाउँदै

युएस वर्ड क्लास तेक्वान्दो हलिउडले ३० औँ वार्षिक उत्सव मनाउँदै

जोईन खबर

२७, चैत्र २०८१
  • 646
    SHARES
  • युएस वर्ड क्लास तेक्वान्दो हलिउडले ३० औँ वार्षिक उत्सव मनाउँदै

    २७ चैत काठमाडौँ । युएस वर्ड क्लास (युएसडब्लुसी) तेक्वान्दो– हलिउडले आफ्नो स्थापनाको ३० औ वार्षिक उत्सव मनाउने तयारी गरेको छ ।युएसडब्लुसी तेक्वान्दो हलिउड नेपाली तेक्वान्दो प्रशिक्षक ग्राण्ड मास्टर दिवाकर महर्जनले सन् १९९५ मा अमेरिकाको ओरिगन राज्यको पोर्टल्याण्डमा स्थापना गरेका हुन् ।

    images

    निकै उत्साहित र व्यग्र प्रतीक्षामा छौ । यो तीन दशकको यात्रालाई हामी भव्यरुपमा स्मरण गर्दै छौ । युएस वल्र्ड क्लास तेक्वान्दो हलिउडका सञ्चालक तथा मुख्य प्रशिक्षक महर्जनले भने ।महर्जनका अनुसार मे महिनाको १६ देखि १८ तारिख तीन दिनसम्म विभिन्न कार्यक्रम गरी वार्षिक उत्सव मनाइने छ । हाम्रो स्थापना मार्चमा हो, त्यो समयमा मौसम पनि अलिक चिसो हुने र बाहिरबाट आएका पाहुँनाहरुको आतिथ्ययतालाई पनि प्रभाव पार्ने भएकाले मे महिनामा वार्षिक उत्सव मनाउने निर्णय गरेका हौ ।

    images
    images
    images

    उनले भने प्रशिक्षक महर्जनले यस पटकको वार्षिक उत्सवमा अन्तर्राष्ट्रिय सहभागिता हुने बताए ।तिसौँ वर्षगाँठ भएकाले पनि विषेश छ, त्यसमा पनि यस पटक अमेरिकाका विभिन्न राज्य र अमेरिका बाहिरबाट पनि पाहुनाहरू आउँदै हुनुहुन्छ ।’ उनले भने, ‘विशेष गरी कोरियाबाट कुकिवान ग्रान्ड मास्टरको सहभागिता हुने छ ।वार्षिक उत्सवका लागि कोरिया सहित अष्ट्रेलिया, क्यानडा र नेपालबाट पनि सहभागी हुने छ।प्रशिक्षक महर्जनले शुरुका दुई दिन तेक्वान्दो सेमिनार र डान टेस्ट परीक्षा हुने बताए ।

    तेक्वान्दोको हेडक्वाटरबाट आउने ग्रान्डमास्टरहरुले सेमिनारमा सबैलाई अपडेट गर्ने छन् र ब्ल्याक वेल्टदेखि माथिका डान टेस्ट परीक्षा पनि हुने छ ।’ महर्जनले भने, ‘त्यस पछि हामीले सांस्कृतिक कार्यक्रम पनि गर्ने छौ, हामी तेक्वान्दो सँगसँगै नेपाली संस्कृतिको संवर्धनमा पनि उत्तिकै सक्रिय छौ ।वार्षिक उत्सवमा विभिन्न अवार्ड प्रदान गरिने छ । स्टुडेन्ट अफ मन्थ, ब्याल्कबेल्ट अफ दि इयर, फ्यामेली अफ दि इयर र भोलेन्टियर अफ दि इयर गरी चार अवार्ड वार्षिक उत्सवमामा प्रदान गरिने छ ।

    प्रकाशित मिति :चैत्र २७, २०८१ बुधवार - ११:५०:३६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको