Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मेयर शाहले राप्रपालाई धन्यवाद दिए

मेयर शाहले राप्रपालाई धन्यवाद दिए

जोईन खबर

२८, चैत्र २०८१
  • 709
    SHARES
  • मेयर शाहले राप्रपालाई धन्यवाद दिए

    २८ चैत काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीलाई काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनुले धन्यवाद दिएका छन्। गएको मंगलबार काठमाडौँको बल्खुमा आयोजित राप्रपाको बृहत् खबरदारी सभापछि सरसफाइ गरेको भन्दै बालेनले राप्रपालाई धन्यवाद दिएका हुन्।

    images

    मेयर शाहले लेखेका छन् ,कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर बसेको हुँदैन। सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ, उनले भने, राप्रपाले आजको कार्यक्रममा आफैँ सरसफाइ गरेकोमा धेरै धेरै धन्यवाद भनेका छन् ।

    images
    images
    images

    यसअघि २५ फागुनमा महानगरले राप्रपालाई  एक लाख रुपैयाँ जरिवाना तिराएको थियो।  पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन विमानस्थलबाट स्वागत गर्ने कार्यक्रममा फोहोर गरेको भन्दै महानगरले जरिवाना तोकेको थियो । 

    प्रकाशित मिति :चैत्र २८, २०८१ बिहिवार - १४:४२:२२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको