Logo

बिहिवार, कार्तिक १३ गते २०८३

  नेपाल बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता मिश्र भारी मतले निर्वाचित

  नेपाल बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता मिश्र भारी मतले निर्वाचित

जोईन खबर

२८, चैत्र २०८१
  • 688
    SHARES
  •   नेपाल बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता मिश्र  भारी मतले निर्वाचित

    २८ चैत काठमाडौँ । नेपाल बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र निर्वाचित हुनुभएको छ । अध्यक्षमा निर्वाचित प्राडा मिश्रले पाँच हजार ५२ मत प्राप्त गर्नुभएको छभने अध्यक्षका प्रत्यासी वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले दुई हजार ६२१ मत प्राप्त गर्नुभयो । मिश्रले दुई हजार ४३१ मतान्तरले जितेका हुन् ।

    images

    नयाँ नेतृत्वका लागि बृहत् लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्रा डा मिश्रको समूह र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता श्रेष्ठको समूहबीच प्रतिस्पर्धा भएको थियोे ।उपाध्यक्षहरूमा कोशी प्रदेशमा पदमप्रसाद लिम्बू, मधेस प्रदेशमा अजय शङ्कर झा, बागमतीमा तेजबहादुर रावल, गण्डकीमा भूपेन्द्र खनाल, लुम्बिनीमा कृष्णप्रसाद पोखरेल, कर्णालीमा विवशकुमार बस्नेत, सुदूरपश्चिममा सिद्धराज ओझा, खुला महिलातर्फ सरस्वती श्रेष्ठ विजयी हुनुभएको छ ।

    images
    images
    images

    महासचिवमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले चार हजार ८७४ मत प्राप्त गरी विजयी हुनु भएको  छ । कोषाध्यक्षमा जगतबहादुर कार्की निर्वाचित हुनुभएको छ । सदस्यहरूमा चिरञ्जीवी तिलक्यानी (दलित) सूर्यकुमार यादव मधेसी मुस्लिम काठमाडौँ उपत्यका बाहिर, रिङ्कुकुमारी यादव मधेसी मुस्लिम खुला, राजकुमार श्रेष्ठ आदिवासी जनजाति काठमाडौँ उपत्यका बाहिर, मङ्गलसुन्दर शिल्पकार आदिवासी जनजाति खुला इन्दिरा आचार्य महिला काठमाडौँ उपत्यका बाहिर, किरण पौडेल काठमाडौँ उपत्यका बाहिर र रञ्जिता कार्की महिला खुला रहनुभएको छ ।

    बारको नयाँ कार्यसमितिको खुला सदस्यहरूमा किरण न्यौपाने, शारदा गुरुङ, दमनबहादुर चन्द, बाबुराम अर्याल, डा मुकुन्द अधिकारी र माधव मैनाली विजयी हुनुभएको छ । बारको नयाँ कार्यसमिति चयन गर्न नौ हजार ९९७ मतदाता रहेकामा  सात हजार ९९५ ९८० प्रतिशत० मत खसेको थियो । 

    प्रकाशित मिति :चैत्र २८, २०८१ बिहिवार - १५:२४:२९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको