२८ चैत काठमाडौँ । भक्तपुरको साँगा हुँदै काभ्रेपलाञ्चोकतर्फ जाने सडकखण्ड वर्षाका कारण हिलाम्मे हुदा साना सवारी साधन चल्न सकेका छैनन् । काभ्रेपलाञ्चोकतर्फ जाने साना सवारी साधनहरूलाई जगाती, च्यामासिंह र नाला हुँदै पठाइएको छ । हिलाम्मे सडक केही मर्तत गरे संगै ठुला सवारी साधन केही समय अघिदेखी सञ्चालनमा आएका छन् । काभ्रेपलाञ्चोकबाट भक्तपुरतर्फ आउने सवारी साधन भने बिहानैबाट चलिरहेका थिए ।
शिक्षक आन्दोलन भइरेहेकाले माइतीघर ( बबरमहल बिजुलीबजार सडक खण्डको मुख्य लेन भएर चल्ने सवारी साधनलाई सर्भिस लेनबाट पठाइएको छ । आन्दोलनका कारण माइतीघर, थापाथली, त्रिपुरेश्चर, भोटेबहाल, टेकु र नागस्थान हुँदै चल्ने सवारी साधन पनि क्युमै चलिरहेका छन् । पिक आवरमा बढेका सवारी साधनका कारण जडिबुटी, कोटेश्वर, मित्रपार्क शहिदगेट, केशरमहल, लैनचौर र सोह्रखुट्टे, हुँदै चल्ने सवारी साधन क्युमा चलिरहेका छन् ।नाकाहरूको सवारी आवागमन भने सामान्य रहेको छ ।
सडक मर्ततका कारण नारायणगढ ( बुटवल सडक खण्ड अन्तर्गत दाउन्ने खण्ड हुँदै चल्ने सवारी साधनलाई हिजोबाट ३१ गते सम्मका लागि दैनिक ४ घण्टा सञ्चालनमा रोक लगाइएको छ । बिहान ११ बजेदेखी दिउँसो ३ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको हो । त्यस्तै आगामी वैशाख १ गतेदेखी भने राति ११ बजे देखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइने इलाका प्रहरी कार्यालय दुम्कीबासले जनाएको छ