२९ चैत काठमाडौ । ३९ औँ नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थीहरु देश दर्शन अध्ययनको क्रममा गोरखा पनि भ्रमण गरेका छन् । प्रतिष्ठानको ३९ औँ आधारभुत प्रशासन प्रशिक्षण अन्तरगत रहेको देश दर्शन भ्रमण कार्यक्रमका लागि उनीहरु गोरखा जिल्ला आएका हुन् । सरकारको नव नियुक्त राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृतहरु गोरखा जिल्लाको भूगोल, समाज, संस्कृति एवं ऐतिहसिक पक्षहरूको प्रत्यक्ष अनुभूति गर्न आएका हुन् ।
प्रतिष्ठानका अधिकृतहरुको समूह मध्ये ‘कोशी समूह’अन्तरगतका २७ जना अधिकृतहरु गोरखाका विभिन्न स्थानको अवलोकन गरेका हुन् । अधिकृतहरुले गोरखाको बारपाक सुलिकोट गाउँपालिका, गोरखा दरबार र गोरखा संग्राहलयको अवलोकन गरेका छन् ।
अवलोकनको क्रम आएका अधिकृतहरुलाई प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल र जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी बासुदेव पाठकले पनि सहजीकरण गरेका हुन् । उनीहरु अवलोकनको क्रम गोरखा बारपाक सलिकोट गाउँपालिका भवनको कार्यालय पुगेका थिए । उक्त कार्यालयमा गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भट्ट र गाउँपालिका प्रशासकीय अधिकृत सुवास आलेले स्वागत गरेका हुन् ।