३१ चैत काठमाडौँ । पर्साको वीरगञ्जमा दुई पक्ष बिचको झडप पछि तनावग्रस्त बनेपछि त्यहाँको प्रशासनले कफ्र्यु आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा समितिको बैठकपछि वीरगञ्जका विभिन्न क्षेत्रमा प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको कफ्र्यु आदेशमा हिजो साँझ ६ः३० बजे देखि आज दिनको १२ बजे सम्म कफ्र्यु आदेश दिएको हो । र्वमा भेडियाहि चोक, पश्चिममा सिर्सया पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कर्फ्यू आदेश जारी गरेको छ । सो सिमाना भित्र कसैलाई आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदशन, सभा, बैठक, घेराउ लगायत गर्न नपाउने गरि कर्फ्यू आदेश जारी गरेको पर्साका प्रमुख जिल्ला अधिकारीले बताए ।
हनुमानको जन्मजयन्तीको अवसरमा निस्केको शोभा यात्रा छपकैयाको इदगाह चोकमा पुगेपछि झडप भएको हो । उक्त झडप परेका सुरक्षाकर्मी तथा अर्काे समूहका घाइतेहरुको अहिले वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भैरहेको छ । घटना बारे कडा रुप सुरक्षाकर्मीहरुले लागेका छन् ।