Logo

बिहिवार, कार्तिक १३ गते २०८३

विश्वकप एशिया छनोट प्रतियोगिताका खेलमा आज  नेपाल र युएईसँग प्रतिस्पर्धा गर्दै

विश्वकप एशिया छनोट प्रतियोगिताका खेलमा आज  नेपाल र युएईसँग प्रतिस्पर्धा गर्दै

जोईन खबर

३१, चैत्र २०८१
  • 592
    SHARES
  • विश्वकप एशिया छनोट प्रतियोगिताका खेलमा आज  नेपाल र युएईसँग प्रतिस्पर्धा गर्दै

    ३१ चैत काठमाडोँ । आइसिसी यु–१९ पुरुष क्रिकेट विश्वकप एशिया छनोट प्रतियोगिताका खेलहरू आजदेखि सुरु हुँदैछन्। घरेलु टोली नेपालले आज पहिलो खेलमा युएईसँग प्रतिस्पर्धा गर्नेछ। यो खेल तल्लो मूलपानी अन्तरराष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ः०० बजेबाट सुरु भएको छ।

    images

    प्रतियोगितामा आयोजक घरेलु टोली नेपालसहित युएई, ओमान, अफगानिस्तान र हङकङ सहभागी छन्।नेपाली टोलीमा नरेन भट्टको कप्तानीमा अभिषेक तिवारी, निरज के यादव, साहिल पटेल, सिब्रिन श्रेष्ठ, रोशन विश्वकर्मा, दर्श सोनार, दिलसाद अली रहेका छन्।

    images
    images
    images

    यस्तै सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अपराजित पौडेल, युवराज खत्री, विपिनप्रसाद शर्मा पनि टोलीमा अटाएका छन्। आज नै माथिल्लो मूलपानी अन्तरराष्ट्रिय क्रिकेट मैदानमा ओमान र अफगानिस्तानले पनि प्रतिस्पर्धा गर्दैछन्।

    प्रकाशित मिति :चैत्र ३१, २०८१ आइतवार - १२:१०:०६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको