Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपाललाई ३ रनले हराउँदै चारदेशीय टी २० अन्तर्राष्ट्रिय  क्रिकेटको उपाधि  कुवेतले जित्यो

नेपाललाई ३ रनले हराउँदै चारदेशीय टी २० अन्तर्राष्ट्रिय  क्रिकेटको उपाधि  कुवेतले जित्यो

जोईन खबर

३१, चैत्र २०८१
  • 946
    SHARES
  • नेपाललाई ३ रनले हराउँदै चारदेशीय टी २० अन्तर्राष्ट्रिय  क्रिकेटको उपाधि  कुवेतले जित्यो

    ३१ चैत काठमाडौँ । हङकङमा जारी चारदेशीय टी २० अन्तर्राष्ट्रिय श्रृङ्खलाको उपाधि कुवेतले जितेको छ। नेपाललाई ३ रनले हराउँदै कुवेतले उपाधि आफ्नो नाममा गरेको हो।मङककस्थित मिसन क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले १७४ रन बनाएको थियो।

    images

    १७५ रनको विजयी लक्ष्य पछ्याएको नेपालको सुरुवाती ब्याटिङ कोल्याप्स हुँदा नेपालले १९।३ ओभरमा १७१ रन बनाउँदै अलआउट भयो।नवौं विकेटका लागि नन्दन यादव र वसिर अहमदले ७२ रनको साझेदारी गर्दै नेपाललाई खेलमा फर्काएका थिए। अन्तिम ओभरमा ११ रन चाहिएको थियो। अन्तिम ओभर र अन्तिम विकेटको रुपमा ललित राजवंशी र बसिर अहमद क्रिजमा रहेका थिए। 

    images
    images
    images

    पहिलो बलमा नो बल हुँदै छक्का गएपछि ६ बलमा ४ रन चाहिएको थियो। त्यसपछि लगातार २ बल डट खेलेर बसिर १९.३ मा ठूलो सट खेल्ने धुनमा बाउन्ड्री लाइनमा क्लिन्टो एन्टोको हातमा क्याच आउट भए। नेपालका लागि बसिर अहमदले सर्वाधिक ८० रन बनाए । उनले ४३ बलमा ८ चौका र ४ छक्का प्रहार गरे। ओपन आसिफ शेखले २१, नन्दन यादवले ३७ रन बनाए।

    अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। पावरप्लेमा नै ४ विकेट गुमाएको नेपालले त्यसपछि पनि बसिर र १० औं ब्याटरको रुपमा क्रिजमा आएका नन्दनले बाहेक कुनैपनि ब्याटरले जिम्मेवारीपूर्ण ब्याटिङ गर्न सकेनन्। कुवेतका लागि अनुदिप चेन्थामाराले सर्वाधिक ३ विकेट लिए। नेपालका लागि बलिङमा नन्दन यादव र सोमपाल कामीले समान २–२ विकेट लिए। करण केसी र कुशल भुर्तेलले १–१ विकेट लिए।

    प्रकाशित मिति :चैत्र ३१, २०८१ आइतवार - १५:३७:४६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको