Logo

बिहिवार, कार्तिक १३ गते २०८३

दावालाई कार्कीको व्यक्तिगत नगद पुरस्कार

दावालाई कार्कीको व्यक्तिगत नगद पुरस्कार

जोईन खबर

२, बैशाख २०८२
  • 646
    SHARES
  • दावालाई कार्कीको व्यक्तिगत नगद पुरस्कार

    २ वैशाख काठमाडौँ । गैर आवासीय नेपाली, जापानका सुवर्ण कार्कीले चौथो विश्व क्योकुसिन तेजुका कराते च्याम्पियनसिपका रजत विजेता दावा शेर्पालाई नगदसहित सम्मान गरेका छन् ।कार्कीले दावालाई व्यक्तिगत ५० हजार रुपैयाँ एक कार्यक्रमबीच प्रोत्साहन स्वरुप प्रदान गरे ।

    images

    जापानको फकुओकामा गत फेब्रुअरी २४ तारिखमा भएको प्रतियोगितामा दावाले पुरुष एकल कातामा रजत जितेका थिए ।प्रोत्साहन पुरस्कार हस्तान्तरणपछि कार्कीले भने– ‘विश्व च्याम्पियनसिपमा पदक जित्नु चानचुने कुरा होइन । यो ऐतिहासिक उपलब्धि हासिल गरेकोमा तपाईं (दावा)लाई बधाई छ । तपाईंको सफलता पैसासंग तुलना गर्न  मिल्दैन । यसलाई मेरोतर्फबाट सम्मान र प्रोत्साहन सम्झनु होला ।

    images
    images
    images

    1(8).jpeg

    कार्कीले सोही प्रतियोगिताका दौरान भएको अन्तर्राष्ट्रिय कराते संगठन क्योकुसिनकाइ–कान (तेजुका समूह), जापानले आयोजना गरेको अन्तर्राष्ट्रिय डान ग्रेडिङ टेष्टबाट पाँचौं डान प्राप्त गर्न सफल नेपाल क्योकुसिन कराते (इको) संघका अध्यक्ष दमन बस्नेतलाई बधाई दिए ।

    कार्यक्रममा अध्यक्ष बस्नेतले दावाले जितेको पदक नेपाली फुल कन्ट्याक्ट करातेको इतिहासमा अहिलेसम्मकै ठूलो सफलता भएको बताए ।दावालाई सोही उपलब्धिका लागि नेपाल क्योकुसिन कराते (इको) संघले पनि गत चैत २८ गते २५ हजार नगदसहित सम्मान गरेको थियो ।

    प्रकाशित मिति :बैशाख २, २०८२ मंगलवार - ११:३६:१५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको