Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सरकारले आन्दोलनरत शिक्षकहरूलाई कार्यथलो फर्किन आग्रह

सरकारले आन्दोलनरत शिक्षकहरूलाई कार्यथलो फर्किन आग्रह

जोईन खबर

३, बैशाख २०८२
  • 568
    SHARES
  • सरकारले आन्दोलनरत शिक्षकहरूलाई कार्यथलो फर्किन आग्रह

    ३ वैशाख काठमाडौँ । सरकारले आन्दोलनरत शिक्षकहरूलाई कार्यथलो फर्किन आग्रह गरेको छ। मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले हाल विद्यार्थी भर्नाको समय, एसईईको उत्तरपुस्तिका परीक्षण एवं कक्षा १२ को राष्ट्रिय परीक्षासमेत भइरहेकाले विरोध प्रदर्शनका कार्यक्रम स्थगन गरी कार्यथलोमा फर्कन आग्रह गरेको हो।

    images

    शिक्षा तथा विज्ञान प्रविधिमन्त्री शिक्षामन्त्री विद्या भट्टराईले नेपाल शिक्षक महासंघको आह्वानमा भइरहेको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको बताइन्।

    images
    images
    images

    सरकारले संघीय संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयक यथाशक्य चाँडो पारित गर्ने प्रयोजनका लागि संसद्को अधिवेशन वैशाख १२ गते आह्वान गर्ने निर्णय गरेको समेत उनले जानकारी दिइन्।

    मन्त्री भट्टराईले नेपाल शिक्षक महासंघले उठाएका मागहरू सम्बोधन गर्न सरकार संवेदनशील रहेको र त्यसका लागि निरन्तर संवादमा रहेको दाबी गरिन्।

    प्रकाशित मिति :बैशाख ३, २०८२ बुधवार - ०९:३५:०९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको